देवी पराजुलीको राष्ट्रिय गीत “जन्म भूमि भन्दा ठुलो छैन अरु” सार्बजनिक |

काठमाडौँ, वैशाख १५ | गीतकार  देवी पराजुलीको “जन्म भूमि भन्दा ठुलो छैन अरु” नामक गीत सार्बजनिक भएको छ |  HighlightsNepal युटुब च्यानल मार्फत  सार्बजनिक उक्त गीतमा गायिका रीता केसी र संजय सुब्बा तुम्रोकले स्वर भर्नु भएको छ भने अशोक कुमार राईले संगीत भर्नु भएको छ |

गीतकार संघ नेपाल को हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा कृष्ण हरि बराल हुनुहुन्थ्यो भने विशेस  अथितिको रुपमा सहरी विकाश मन्त्रालयका सचिव रमेश शिह, नेपाल सरकारका सहसचिव बिष्णु पौडेल , नेपाल सरकारका उपसचिव प्रेम प्रसाद घिमिरे र लय संग्रौला हुनुहुन्थ्यो |

पृथक रेकडिंङ स्टुडियोमा रेकर्ड गरिएको “जन्म भूमि भन्दा ठुलो छैन अरु” को भिडियो लाई शिवराज गौतम (Splus Studio)ले निर्देशनद गर्नु भएको छ भने कोरियो ग्राफर को रुपमा सुनिता दोङ र सुरज लिम्बु रहेको छ | साथै सिनेमटोग्राफर गोबिन्द घिमिरे( Crazy Music HUB) ले गर्नु भएको छ । सार्वजनिक गीतको भिडियोमा देवी पराजुली र अनिल महरा फिचर्ड छन् ।

गीतको भिडियो मार्फत् वास्तविक रुपमा जन्म भूमि प्रतिको माया र प्रेमलाई प्रस्तुत गरिएको छ ।

हेर्नुस भिडियो –