रिजन थिङ तामाङ् र गायिका सुमिना लो “सुटुक्क ह्यार्सी खाउ” सार्वजनिक

ललितपुर,असोज २१। गायक तथा शब्द रचनाकार धनराज लामाको शब्दमा रहेको “सुटुक्क ह्यार्सी खाउ” बोलको तामाङ सेलो गीत सार्वजनिक गरिएको छ । गितलाइ “सगुन मिडिया” युट्युब च्यानल मार्फत शुक्रबार सार्बजनिक गरिएको हो।

गायक तथा सङ्गीतकार रिजन थिङ तामाङ् र गायिका सुमिना लो द्वारा स्वर बद्ध गीतलाई धनराज लामाको आफ्नै शब्द रचना भरेका हुन् भने संगीत रिजन थिङ तामाङ र धनराज लामा स्वायम आफैले पनि गरेका छन। सङ्गीत संयोजन जोगलाल लामाको रहेको छ भने ध्वनी सम्पादन अर्पण थिङ्ले गरेका छन।

उक्त गीतमा दुई जना युबा युवती बिच उमेर पुगेर पनि बिहे नभएको र अबो बिहे गर्नुपर्छ भनेर फकाउने किसिमको कथामा रहेको गायक तथा शब्द रचनाकार धनराज लामाले बताए ।