पोखरा आउदै गरेको कर मर्दी खोलामा खस्दा ४ जना घाइते |

पोखरा २७  चैत । लाहाचोकबाट पोखरा आउदै गरेको कार खोलामा खस्दा ४ जना घाइते भएका छन् । कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

बिहानै कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका –४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार विहान अन्दाजी ७:४५ बजे मर्दी खोलामा खसेको हो ।

दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएका छन्। घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।