
सुनसरी , २० चैत| सुनसरी जिल्लामा नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड मातहत खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ गरिएको छ | सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं २ औरावनीमा कम्पनीले निर्माण सम्पन्न गरेको भण्डारण गृहको व्यवसायिक शुभारम्भ आइतवार विहान ११ : ३० बजे सोहि भण्डारण गृह परिसरबाट एक कार्यक्रम का साथ सुरु गरिएको हो । यो भण्डारण गृहको कूल क्षमता १५ हजार मेट्रिक रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।
प्रेस विज्ञप्ति
कम्पनी ऐन, २०६३ वमोजमि २०७५ सालमा संस्थापति नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालकिा वडा नं २ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुनलागेको खाद्यान्न भण्डारण गृहको व्यवसायकि शुभारम्भ आजबाट हुन लागेको सुनाउन पाउँदा खुशी लागेको छ।साथै, पर्सा र कपिलबस्जतु जिल्लामा नर्मिाण भईरहेको भण्डारण गृहहरु पनि छिटै सञ्चालनमा आउने क्रममा रहेको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुवधिा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता बोमजिमको सुरक्षित तथा बैज्ञानकि तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा बिक्रि गर्नु पर्ने वाध्यता कृषकसंग रहेको छ ।अर्कोतर्फ त्यहि खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनकि उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजीङग कम्पनी लमिटिेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगकि महत्वका शहरहरुमा साइलो प्रवधिमिा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक,कृषी बस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगकि प्रतष्ठिान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धतिलाइ समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिद को आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचति व्यवस्थापन गरएिको छ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १३९ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ।यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन्।यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट कूल चालु पूँजी रु. ६८।७५ करोडको ८०५ ले हुन आउने रु ५५ करोडको शेयर लगानी भइसकेकोछ।साथै, आगामी आर्थिक वर्ष २०७९र८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २०५ बराबरको रकम रु १३।७५ करोड जम्मा गरिनेछ ।
सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं २ औरावनीमा कम्पनीले निर्माण सम्पन्न गरेको भण्डारण गृहको व्यवसायिक शुभारम्भ यहि मिति २०७८।१२।२० आइतवार विहान ११ : ३० बजे सोहि भण्डारण गृह परिसरबाट गरिने कार्यक्रम तय भएकोछ।यो भण्डारण गृहको कूल क्षमता १५ हजार मेट्रिक रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।
नेपाल वेयरहाहजिङ्ग कम्पनी लिमिटेड