हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी

438

दिलमाया शाही / जुम्ला, २० चैत | जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त घोषणाकाे तयारी गरिएकाे छ । संविधान र बालबालिका सम्बन्धी ऐनले बालविवाह निषेध गरेकाले अभियानलाई सफल बनाउन गाउँपालिकाले पनि बालविवाहमुक्त घोषणा गर्न थालेको हो ।

बालविवाहले नै समाजिक, आर्थिक लगायतका हिंसा निम्त्याएको भन्दै यसलाई रोक्ने हिमा गाउँपालिकाले कार्यविधिसमेत बनाएको छ ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार बालविवाहसम्बन्धी सूचक तयार पारेर विद्यालय र वडा स्तरमा सचेतनाका कार्यक्रम सञ्चालनमा छन् । ‘कक्षा ८ देखि १० सम्मका किशाेरकिशाेरीले पनि  बिवाह गरेको पाइयाे । यसलाई राेक्न विद्यालयस्तरमा कक्षा दिन थालिएकाे छ,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाका अनुसार केही दिन भित्र बालविवाहमुक्त घोषणा गरिनेछ ।  सात वटै वडाको तथ्यांक हेर्दा हेर्दा ८२.२ प्रतिशतले बालविवाह रोकिएकाले उनले  बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले  बालविवाहको क्षेत्रमा सूचक बनाएयर काम गर्ने  यो पालिका भएकाे दाबी गरे ।  उनका अनुसार बालविवाहमुक्त गाउँ (टोल) हुँदै वडा घोषणा गरिने छ । त्यसपछि पालिकालाई नै बालविवाहमुक्त घाेषणा गरिनेछ ।

जुम्ला जिल्लाका सरकारी वकिल रेनुका राईले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी रहेकाे बताइन् ।  बालविवाह गर्ने गराउनेलाई  ३ वर्ष कैद र जरिवानाकाे व्यवस्था रहेकाे बताउँदै उनले त्यस्ताे विवाह नै स्वतः रद्द हुने बताइन् ।

Previous articleविद्यालय बगाएपछि टेण्टमा पढाइ
Next articleकानुनमन्त्री बडुलाई प्रतिवेदन बुझाउँदै न्यायिक सुधार कार्यदल

Leave a Reply