
फागुन ६ ,
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको छथरजोरपाटी गाउपालिका धनकुटामा पालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ । संघको प्रथम अधिवेशन एविन लिम्बूको अध्यक्षतामा १५ सदस्य पालिका स्तरीय राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल गठन गर्दै सम्पन्न भएको हो ।
त्यस्तै उपाध्यक्षमा टीका तिम्सिना ,सचिव प्रदिप ओझा,सहसचिव उमा न्यौपाने, कोषा अध्यक्ष सबिना लिम्बू रहेकाछन् । संघको पालिका अधिवेशन सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे । अधिवेशनमा एमाले गाउकमिटी अध्यक्ष ईन्द्र सारु मगर , गाउपालिका उपाध्यक्ष भिमकला श्रेष्ठ लगायतको उपस्थित रहेको थियोे ।