
काठमाडौँ पुस २७ | ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल(क्रान्तिकारी) ३ नम्वर पर्देशकाे आयोजनामा संचालन भइरहेकाे नि:शुल्क पत्रकारिता तथा उदघाेषण तालिमकाे चाैथाे दिन प्रशिक्षकहरु दामोदर खनान टि.भि टुडे लुम्बिनी प्रदेश संयाेजक, अनिता गिरी नेपाल टेलिभिजन, साझा आनलाइन(www.saajhaonline.com) बाट प्रबन्ध निर्देशक सुमन माेक्तान र सोहि आनलाइनका सम्पादक विकल कुवरले तालिममा उपस्थित प्रशिक्षार्थीलाई तालिम दिनु भएकाे थियाे।
उक्त कार्यक्रम केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , विधार्थी नेतृ अर्पणा श्रेष्ठले लगाएत अन्य कलेजका विधार्थी नेताहरु समेतकाे उपस्थित रहेकाे थियाे।। उक्त तालिमले सहभागी विधार्थीहरुले विकासमा सहयाेग पुग्ने अखिल (क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयाेजक शीलु न्याैपानेले जानकारी गराउनु भयाे।