काठमाडौँ २५ पुस | गीतकार रश्मी मैनालीको गीति एल्बम “नयन” विमोचन सम्पन्न भएको छ | चाबहिल स्थित नेपाल चलचित्र बोर्डको हलमा कार्यक्रम को आयोजना गरिएको थियो |
प्रमुख अथिति को रुपमा नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहाल थियो भने विशेष अथितिमा निर्देशक तुलसी घिमिरे , राष्ट्रिय जनकलाकार हिरालाल भुजेल ( गोबिन्द ) , सामाजिक अभियन्ता तथा साहित्यकार पुण्य प्रशाद प्रशाई लगाएत हुनुहुन्थ्यो |

कार्यक्रममा बोल्दै विशेष अथिति तुलसी घिमिरेले गीतको भिडियोमा भएको कमि कमजोरी लाई औल्सुयाउदै सुभकामना दिनु भएको थियो भने प्रमुख अथितिले पनि अझ आगामी दिनमा धेरै मेहनत गर्नु जरुरी रहेको भन्दै सफलताको लागि सुभकामना ब्यक्त गर्नु भएको थियो |

गीतमा सब्द रश्मी मैनालीको रहेको छ भने संगीत दिपक पाठक को रहेको छ | त्यस्तै गायक गायिकाहरुमा संगीतकार सोयम दिपक पाठक , सुनिता थेगिम, गायक तथा संगीतकार कमल भट्टराई र अन्जु पन्त रहेको छ |