
काठमाडौँ | १७ मंसिर | सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालका अनुसार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको जानकारी दिए।
प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। चार-पाँच वटा दमकलबाट आगो निभाउने प्रयास गरिरहेका छौं,’ दाहालले भने।