
धनकुटाको महालक्ष्मीनगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशतअनुदानमा च्यापकटर वितरण गरिएको हो ।विद्युतका माध्यमबाट चल्ने सो चापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउँन उपयोगीमानिन्छ ।
नगरपालिकामामंगलबार औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरुलाई केहीदिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरुलाई पशुपालनमाप्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमाच्यापकटर प्रदान गरेको नगरप्रमुखपर्शुराम नेपालले बताए । कृषि पेशालाई समय अनकुलयन्त्रउपकरणको प्रयोगबाट सहज र सरल बनाउँननगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामीदिनमापनि कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममानगरपालिकाकाउप–प्रमुखमञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ्गलगायतले च्यापकटरको प्रयोगबाट कृषकहरुलाई निकै सहजहुँने विश्वास व्यक्त गरे । सो अवसरमाच्यापकटरका बारेमाजानकारी दिदै, प्रयोग गर्ने तरिका पनि कृषकहरुलाईजानकारी गराइएको छ । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुँने भएकाले निकै उपयोगीहुँने कृषकहरु बताउँछन् ।
च्यापकटरको बजार मूल्यप्रतिगोटा करिब ३५ हजार छ ।नगरपालिकाले लाखौं रकमखर्चेर कृषकहरुलाई अनुदानमाच्यापकटरदिएको हो । महालक्ष्मीनगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरुलाईसहयोग गर्दै आएको छ ।