
आगलागीबाट घर र धनमाल नष्ट भएका छथर जोरपाटी गाउँपालिका वडा नं. ५ का सूर्यबहादुर लिम्बूको परिवारलाई राहत दिईएको छ ।
लिम्बूको परिवारलाई गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी धनकुटाले शुक्रबार उनको घरमा पुगेर राहत दिएको हो ।
पालिकाले जस्तापाता,लत्ताकपडा,खाधन्न र रेडक्रसले लत्ताकपडा त्रिपाल लगाएतका सामाग्री दिएको हो ।
लिम्बूलाई पालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ,रेडक्रस सिंधुवा शाखाका सभापति निलबहादुर थापा,वडा नं. ५ का अध्यक्ष सुरेन्द्र कुमार लिम्बूले राहत हस्तान्तरण गर्नुभएको थियो ।
बिहिबार राती अचानक लागेको आगोबाट लिम्बूको घर र सम्पूर्ण खाद्यन्न,लत्ताकपडा जलेर नष्ट भएको पालिका कर्मचारी शंकर ओझाले जानकारी दिनुभयो ।
आगलागीबाट ३ लाख बराबरको धनमालको क्षति भएको प्रहरीको भनाईलाई उध्रित गर्दै ओझाले जानकारी दिनुभएको छ ।