तीर्थयात्री बाेकेकाे बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ । ओखलढुंगाकाे सुनकोशी गाउँपालिकामा तीर्थयात्री बाेकेकाे बाेलेराे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको प्रदेश ३-१०२२-च ९६९४ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ४ को अवस्था गम्भीर रहेकाले उनीहरुको उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं लगिँदै गरिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन । प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताए ।

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।