
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्। जनताका सुख दुख बुझ्नको लागि भन्दै महिनाको एक चोटी गाउँ जाने गरेको छ |
उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ। भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्। जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगेका हुन्।
भट्टराईको साथमा जसपा नेता हिसिया यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू पनि गाउँगाउँमा पुगेका हुन् ।
तस्बिर स्रोत: बाबुराम भट्टराईको ट्वीटरबाट