
सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका पत्रकारहरुको लागी ५ दिने अधारभुत पत्रकारिता तालिम काभ्रेको धुलीखेलमा रहेको हेरिटेज होममा भदौ १४ गते देखि १८ गते सम्म संचालन गरेको थियो । यस तालिममा सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौ, धादिग, नुवाकोट, रसुवा, चितवन, सिन्धुली गरी २१ जना पत्रकारहरु सहभागी रहेका थियो ।
कार्यक्रमको मुख्य उदेश्य नेपालको पत्रकारीता क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन तथा पत्रकारहरुको ज्ञान क्षमतामा वृद्धि गरी पत्रकारलाई ग्लोबल पत्रकार बनाउने गरी सञ्चार रजिष्ट्रार कार्यालयले तालिम संचालन गरेको हो । तालिमको उदघाटन बागमती प्रदेशसभाको उपसभामुख राधिका तामाङले गर्नु भएको थियो ।
यस तालिममा फरक फरक प्रशिक्षकहरु बाट तालिम प्रधान गरिएको थियो । प्रशिक्षकका रुपमा कपिल काफलेले समाचारका बारेमा, विनोद ढुंगेलले पत्रकार आचारसंहिता को बारेमा , अन्तर्वार्ता फोटोग्राफी र भिडियोग्राफी बिकास कार्कीले , अनलाइन पत्रकारिता रविराज बरालले र गंगा बिसीले समाचार कक्षमा हुने समाचार उत्पादन, सम्पादन र प्रकाशन तथा प्रसारण का बारेमा प्रशिक्षण दिनु भएको थियो ।
मेरो पत्रकारीता जगतको पहिलो खुट्किलोको रुपमा यो तालिमलाई लिएको छु । सायद मेरो पहिलो तालिम वा पत्रकारिताको सुरुवात भएर होकि मलाई यो तालिम अति महत्त्व पूर्ण र अति स्मरणीय भयो । मैले तालिम अवधि भरी अति महत्त्व पूर्ण विषयहरु जान्न र सिक्न पाए । यो तालिम भन्दा अघि मेरो लक्ष्य पत्रकार बन्ने भएता पनि म कसरी पत्रकार बन्ने भन्ने कुरामा निकै अन्योलमा थिए तर आज मलाई म जसरी भए पनि पत्रकार बन्छु भन्ने आत्मा-विश्वास बढेको छ ।
अनि म आफुलाई धेरै भाग्यमानी ठान्दछु । सायद म जस्तो भाग्यमानी कम पत्रकारहरु होलान अति सहजता पुर्बक तालिममा सहभागी हुन पाउने । हामीलाई खान र सुरक्षित बस्नको व्यवस्था गरिएको थियो । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आगामी दिनमा पनि गुणस्तरीय पत्रकार उत्पादन गर्नको लागी यस्ता रचनात्मक कार्यक्रमहरु सञ्चालन गरोस् र म सहभागी हुन पाउ भन्ने उद्देश्यको साथ सञ्चार रजिष्ट्रार रेवती सापकोटा लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।