धुलिखेल असोज १८ । अन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका पत्रकारका लागि काभ्रेको धुलिखेलमा आयोजित आधारभुत पत्रकारिता तालिम सोमबार समापन भएको छ । समापन कार्यक्रममा सञ्चार रजिष्टर रेवती प्रसाद सापकोटाले प्रशिक्षार्थीहरु लाई प्रमाण पत्र दिनुका साथै पत्रकारिता लाई अझ मर्यादित र बौदिक बिकाशका लागि भविष्यमा यस्तै अरु धेरै तालिम कार्यक्रम हरु ल्याउने बताउनु भयो |
तालिममा सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, चितवन, सिन्धुली जिल्लाका २१ जना पत्रकार सहभागी थिए । तालिममा प्रशिक्षकका रुपमा कपिल काफलेले समाचारका बारेमा, विनोद ढुंगेलले पत्रकार आचारसंहिता, सञ्चार कानून र अन्तर्वार्ता, बिकास कार्कीले फोटोग्राफी र भिडियोग्राफी, रविराज बरालले अनलाइन पत्रकारिता, गंगा बिसी र नेत्र पन्थीले समाचार कक्षमा हुने समाचार उत्पादन, सम्पादन र प्रकाशन तथा प्रसारण का बारेमा प्रशिक्षण दिनु भएको थियो ।
२०७८ भदौ २ गते आधारभुत पत्रकारिता तालिम लिन चाहनेहरुका लागि सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी गरिएको सूचना बमोजिम निवेदन दिएका पत्रकार मध्येबाट छनौट गरिएका पत्रकार सहभागी हुनु भएको थियो ।पत्रकार तालिम प्रदेशसभाकी उपसभामुख राधिका तामाङले १४ गते उदघाटन गर्नुभएकाे थियाे ।