धुलिखेलका शिक्षकहरु द्वारा नगरपालिकामा धर्ना |

धुलिखेल । काभ्रेको धुलिखेल नगरपालीका भित्र रहेका सामुदायिक विद्यालएका शिक्षकहरुले तलब केन्द्र सरकारले तोके बमोजिम नगरले थपेर दिनुपर्ने रकम थपेर नपाएको भन्दै नगरपालिका अगाडी धर्नामा बसेका छन् । संघिय सरकारले बढाएको तलब आफुले नपाएको र स्थानीय सरकारले आफुलाई थप्नु पर्ने रकम नथपेको भन्दै धर्ना गरेका हुन् ।

कर्मचारीको सामाजिक सुरक्षा कोष स्थापना गर्नु पर्ने,बाल बिकास केन्द्र हरुलाई प्राथमिक शिक्षकको रुपमा परिणात गर्नुपर्ने, प्रतेक १० जना विधार्थी बमोजिम एक जना कर्मचारीको व्यवस्थापन गर्नु पर्ने,सामुदायिक बाल बिकास केन्द्र लाई विधालयमा समायोजन गर्नु पर्ने, आन्तरिक प्रकिया बाट स्थाई गरिनु पर्ने , करार सम्झौता लाई खारेज गरि स्वत म्याद थप हुने व्यवस्था गरिनु पर्ने माग राख्दै धर्ना दिएका हुन् । धर्ना गर्न आएका शिक्षक हरुको गुनासो भन्ने केन्द्र सरकारको निर्देशन नगरले बेवास्ता गरेको आरोप लगाएका छन् ।

नगरका शिक्षा शाखा प्रमुख अनुसार शिक्षकहरुले जानकारी नगराई धर्ना गरेको र पहिला राज्यले यो नीति नल्याउदा पनि आफ्नो नगरले शिक्षकको हितका लागि नगर कै पहल मा थप रकमको व्यवस्था गरेको पनि शाखा प्रमुख माधब शर्माले वताए । उनका अनुसार नेपाल नगरपालिका संघ र गाउपालिका महासघ ले आफ्नो अधिकार खोसेको भन्दै अर्थमन्त्रि समक्ष ज्ञापन पत्र र ध्यान आकर्षण पत्र समेत बुझाईएको छ ।

नेपाल शिक्षक महासघ काभ्रेका अध्यक्ष आश्विन प्रसाद चौलागाई धर्नामा सहभागी रहेका थिए । उनका अनुसार शिक्षकलाई नगरले गरेको यस्तो निर्णय मान्य नभएको र काभ्रेकै अन्यपालिकाले गर्दा समेत धुलिखेल नगरले गर्न नसक्नुमा आक्रोस व्यक्त शिक्षक महासघ काभ्रेका अध्यक्ष चौलागाईले व्यक्त गरेका थिए ।