चौबिसे गाउँपालिका वडा नं. १ सौरेबजारमा वडा सम्पर्क कार्यालय स्थापना |

धनकुटा|धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ सौरेबजारमा वडाको सम्पर्क कार्यालयस्थापना गरिएको छ । सर्वसाधारण नागरिकहरुलाई सहज ढंगले वडाको सेवा प्रवाह गर्ने उद्देश्यले वडा नं. १ को सम्पर्क वडा कार्यालय स्थापना गरिएको हो ।

गाउँपालिकाको ठूला वडा मध्ये वडा नं. १ पनि एक हो । त्यसैले वडाले प्रभाव गर्ने सेवासुविधा वडावासीहरुलाई सहज ढंगले पु¥याउने उद्देश्यले वडा नं. १ को सौरेबजारमा सम्पर्क कार्यालय खोलिएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । सो सम्पर्क कार्यालयबाट हप्ताको दुई दिन आइतवार र सोमबार सेवा प्रभाव गरिनेछ । वडा नं. १ मा कुल जनसंख्या एक हजार ९२ जना रहेका छन् ।

त्यस्तै सौरेबजारमा सामुदायिक स्वास्थ्य इकाई पनिस्थापना गरिएको छ । उक्त स्वास्थ्य इकाई र सम्पर्क कार्यालयको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सामुदायिक स्वास्थ्य इकाईबाट अन्य स्वास्थ्य चौकीहरुबाट प्रभाव गरिने सरहको स्वास्थ्य सेवा प्रभाव गरिने वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए ।

वडाको सम्पर्क कार्यालय सेवा कार्यालय र सामुदायिक स्वास्थ्य इकाई कार्यालय स्थापनाको उद्घाटनको अवसर पारेर कोभिड–१९ को संक्रमणद्धारा मृत्यू भएका सो वडाका मिलनकुमार श्रेष्ठ र वडा नं. २ का डिल्लीप्रसाद याखाको परिवारलाई प्रतिपरिवार नगद ३० हजारका दरले राहत वितरण गरिएको छ भने गत वर्षको वर्षात्का कारण विपद्मा परेका चौबिसे गाउँपालिका–१ मानबहादुर गुरुङ, कृष्णकुमार विश्वकर्मा र हेमलाल श्रेष्ठको परिवारलाई प्रतिपरिवार नगद बीस हजारका दरले सहयोग रकम समेत वितरण गरिएको उपाध्यक्ष रुचालले बताईन् ।