धनकुटा | धनकुटाको धनकुटा नगरपालिका वडा नं १ स्थित रहेको हिले उच्च माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी को व्यवस्थापनका लागि टंकी सहित बालमैत्रि पिउने पानिको धारा जडान गरिएको छ । जुन चियाँबरी गार्डेनको सहयोग मा बालमैत्रि धारा सहित सुद्ध पिउने पानिको टंकी जडान गरिएको हो ।
२ थान रबर र स्टिलको टंकी बाट सुद्ध पिउने पानीको व्यवस्था गरेर बाल मैत्रि सहितको ८ वटा धारा जडान गरिदिएको जुन चियाँ बारी गाड्रेनका सञ्चालक बचन ज्ञवालीले बताउनुभयो । त्यस्तै जिल्लाको अनय विद्यालयहरु चुलाचुली , भाषा , पाख्रिबास जाल्पा देवि र हिले उच्च माध्यमिक विद्यालय गरी जम्मा ४ वटा विद्यालयलाई बालमैत्रि सहित टंकी स्मार्ट पानी कम्पनी काठमाण्डौको प्राबिधिक सहयोगमा जडान कार्य भइरहेको जुन चियाँ बारी गाड्रेनका कर्मचारी राजेश कट्टुवाले जानकारी दिनुभयो ।
मंगलबार एक कार्यक्रका बिच हिले उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा मेयर चिन्तन तामाङ, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालचन गोङवा तामाङ , धनकुटा नगरवालिका वडा नं १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदनी सदस्य निरन तामाङ र स्मार्ट पीउने पानीका प्राबिधिकहरुको उपस्थितिमा धारा तथा टंकी जडान र हस्तान्तर कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयमा धारा तथा टंकी जडान पछि विद्यार्थीलाई एउटै ठाउमा भिडभाड र पालो कुरेर पानी पिउनु पर्ने समस्याको समाधान हुनुका सथै बालमैत्रि धार पनि जडान गरिएकाले साना बालबालीकाहरुलाई पनी सहज भएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।
त्यस्तै गरी पानीको समस्यामा कारण हुने स्वास्थ्य सम्बन्धि समस्या समाधान भई पठपाठनमा विद्यार्थीलाई सहयोग पुग्ने प्रधानाध्यापक आचार्यको भनाई छ । हाल हिले उच्च माध्यमिब विध्द्यालयमा कक्षा १२ सम्म ९ सय ३५ र क्याम्पसमा सय भन्दा माथि विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।