नवराज हत्या काण्डको अपराधीलाई संरक्षकको भूमिका खेलेको, अर्थमन्त्री जनार्दन शर्मालाई आरोप

गत साल पश्चिम रुकुम सोती गाउमा अन्तरजातीय विवाहको निहुमा तीन गाउका कथित उच्च जतियाहरुले लखेटी, चरम यातना दिएर नवराज विक र उनका ५ जाना साथीहरुलाई मारेर भेरी नदीमा फ्याकिदिए | त्यो संभवत: नेपालको इतिहासमै सबैभन्दा ठुलो जातीय नरसंहार मध्ये एक हो | जातीय अहंकार र घृणाको सभैभन्दा क्रुर रुप थियो त्यो |

उक्त जातीय हिंसाले नेपाली समाजको, नेपाली धर्मसंस्कारको, नेपाली सभ्यताको अन्तर्राष्ट्रिय बेइजती भएको सबैले महशुस गरेका छन् | तर, सांसद जनार्दन शर्माले संसदमा मुक्तकहरु आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झुटो विवरण प्रस्तुत गरे | उनले आफ्ना पार्टीका मानिस र नातेदार अभियुक्तहरु संरक्षण गर्ने अभिप्रायले शक्तिले दुरुपयोग गर्दै  कानूनी प्रक्रिया प्रभावित गरेको आम बुझाइ छ |

ती नै विवादित ब्यक्तिलाई नवनिर्मित देउवा सरकारमा अर्थमन्त्री नियुक्त गर्दा तमाम दलित/शिल्पी समुदायले घोर अपमान महशुस गरेको छ | हाल सर्वोच्च अदालतमा विचाराधिन मुद्धामा पीडित पक्षले (मगर र ठकुरी मृतकका परिवार समेतले) न्याय नपाउने खतरा समेत बढेर गएको छ |

छुवाछुत र जातिभेद नियन्त्रण गरी समाजमा न्याय, शान्ति, सद्धव, भाइचारा कायम गर्ने हाम्रो यो आन्दोलन र आवाजलाई साथ दिनुहुन राजनीतिज्ञ, पत्रकार, बुद्धिजिवि, नागरिक समाज लगायतक सम्पूर्ण न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरुमा हार्दिक आहावान गर्दछौं |