संघिय संसद राजेन्द्र कुमार राई द्वारा औद्योगिक ग्राम निमार्ण कार्यको अनुगमन तथा निरिक्षण |

धनकुटा | धनकुटाको छथरजोरपाटी गााउपालिकाको वडा नं ३ सिंभुवा गाँउमा निमार्ण भइरहेको औद्योगिक ग्रामको एक कार्यक्रमका बिच संघिय संसद राजेन्द्र कुमार राईले निमार्ण कार्यको अनुगमन तथा निरिक्षण गरिएको छ । संघिय सरकारको एक स्थानिय तह एक औद्योगिक ग्रामको निति अनुसार उद्योग मन्त्रालयको बहुवर्षिय योजना अन्तरगत गत मंसिर महिना बाट पहिलोचरणको औघोगिक ग्राम निमार्ण कार्य सुरु गरिएका हो ।

२०७७। ०७८ मा ९२ लाख बिनियोजित ग्राम निमार्णका लागि मोरङ चिसाङ कन्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार ३ सय ६५ रुपैया ठेक्कामा निमाणर््ा कार्य भईरहेको गााउपालिका अध्यक्ष लिम्बूले बताउनु भयो । अहिले पहिलो चरणको निमार्णकार्य तिव्र रुपमा अगाडि बढिरहेको वाडां नं ३ का वडा अध्यक्ष ज्ञान बहादुर लिम्बुले बताउनु भयो ।

९१ रोपनी सरकारी जग्गामा निमार्ण सुरुगरिएको औघोगिक ग्रामको दुई वटा भवन ३ कोठो, सौचालय , औघोगिक ग्राम जानेबाटो १ सय ५० मिटर सोलिङ, ३ सय मिटर कम्पाउण्ड वाल, २० हजार लिटर ग्रामका लागि पानि जम्मा गर्ने टंयाकी, ग्राउण्ड फिल्ड निमार्णका काम भईरहेकोे वडा अध्यक्ष लिम्बूले बताउनु भयो । संघिय सासंद राईले वर्ष पिछे औघोगिक ग्राम निमार्णका लागि बजेट विनियोजन हुने जानकारी गराउनु हुदै निमार्ण कार्यलाई व्यवस्थि र चाडैं निमार्ण सकिन्ने गरि तिव्र ढंगले निमार्ण काम अगाडि बढाउन आग्रह गर्नु भयो ।

औघोगिक ग्राम निमार्ण पछि गाँउपालिका भित्रका महिला दिदिबहीनिले रोजगारी पाउने आसा गरिएको भन्दै ग्राममा अचार बनाउने , टपरा बुन्ने र स्थानिय उत्पादन कच्चा पदार्थ बाट विभिन्न किसिमका उत्पादन उत्पादन गर्नु पर्ने स्थानिय बिष्णु भुजेलले बताउनु भयो । अनुगमन निरक्षणका क्रममा नेकपा एमाले धनकुटाका स्थानिय तह विभागका संयोजक सिब आङला, उपाध्यक्ष भिमकला श्रेष्ठ, ईन्जिनियर, स्थानिय र सञ्चारकर्मीको टोलि सहभागि थिए । ग्राम सञ्चालनका लागि जम्मा ३३ वटा भवन निमार्ण हुने निमार्ण समितिले जनाएको छ ।