दालामु सेर्पा – धनकुटा । नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामाग्री तोडफोड गर्नेहरुमाथि कारवाहीको माग गरिएको छ । आज पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् ।
नगरपालिकाले मेयर बृष बहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई बिज्ञप्ति मार्फत् अपिल गरेको छ । मेयर राईले बजेट बिनियोजनमा नगरको वडा न ४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिए पनि आफूहरुमाथि आक्रमण भएको बताउनुभयो ।
तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार संचालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको मेयर राईले जानकारी दिनुभयो । नगरले असार ३ गते बजेटको सिलिङ दिएर ६ गते सम्म वडाको योजना तथा कार्यक्रम पेश गर्न परिपत्र गरेको थियो ।
तर पटक–पटक आफूहरुले बैठक बस्न अनुरोध गरेपनि वडा नं ४ का वडा अध्यक्ष सोभित निरौलाले बेवास्ता गरेको वडा नगर सदस्य कृष्ण मायाँ खड्काले वताउनुभयो । अन्तिम समय ९ गते सम्म पनि पटक–पटक बैठक बोलाउँने अनुरोध गर्दा बैठक नबसेपछि आफूहरुले बहुमत सदस्यहरुले निर्णय गरेर बाध्यत्मक परिस्थितिमा नगरमा योजना कार्यक्रम पेश गर्नुपरेको उहाँले बताउनुभयो ।
बैठकमा सहमति गरेको बिषयलाई लिएर निरौलाले आफूलाई धम्किपूर्ण ब्यबहार गरेको र कालो मोसो लगाई दिने भनेर गाउँमा हल्ला गरेर मानसिक पिंडा दिएको वडा सदस्य शान्तिमायाँ परियारले रुदै गुनासो पोख्नुभयो । उता मेयर राईले पनि वडामा देखिएको समस्यालाई अध्यक्ष र सदस्यहरुको योजनालाई मिलाएर सभाबाट समधान गर्ने भनिएपनि आफूहरु माथि आक्रमण भएको जानकारी दिनुभयो ।
यस घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं ४ का वडा अध्यक्ष सोभित निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पाटीका नगर अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर नेकपा एमाले पाख्रिबास नगर कमिटीले जनाएको छ ।
‘नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको ब्यहोरा जानकारी गराईन्छ ।’–बिज्ञप्तिमा उल्लेख छ । बिपक्षीहरु संग साँठगाँठ गरी पाटी बिरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफेड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यलयलाई माग गरेको नगर कमिटीले बिज्ञप्तिमा उल्लेख गरिएको छ ।