दुई महिना निःशुल्क खाद्यान्न र ५ हजार दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

712

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् ।

यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोषणा गरेको छ ।संकटको यो स्थितिमा थोरै भएपनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।

Previous articleसरकारी सेवा ‘पेपरलेस’ र ‘फेसलेस’ प्रधानमन्त्रीको घोसणा |
Next articleप्रधानमन्त्री ओली अल्पमतमा, माओवादीले औपचारीक समर्थन फिर्ता लिँदै

Leave a Reply