उपत्यकामा भोलिबाट निषेधाज्ञा जारी गर्ने भएपछि विभिन्न पेशा व्यवसायि गरी बस्नेहरु धमाधम गाउँ कर्फन थालेको छ । जसका कारण काभ्रे जिल्ला भएर उपत्यकाबाट बाहिरीने अरनिको राजमर्गा र विपि राजमार्गमा सवारी साधनको चाप बढेको छ ।
उपत्यकाबाट बाहिरीनेको चहलपहल बढेपछि यतिवेला राजमार्गमा सवारी साधनको लर्को नै लागेको छ । उपत्यकाबाट पूर्वी तराई तथा पहाडी जिल्लाहरुमा जानेहरुको संख्या बृद्धि भएका कारण सवारी साधनमा भिड गर्नुका साथै कतिपय सवारी साधनमा छतमा समेत बसेर असुरक्षित तवरले फर्किरहेको छ ।
सो क्रममा प्हरी र ट्राफिक प्रहरीले भने सार्वजनिक यातायातमा यात्रुले मास्क लगाए नलगाएको, सरकारले तोकेको मापदण्ड अनुसार यात्रु राखे नराखेको, चालक सहचालकले पन्जा र भाइजर लगाए नलगाएको, बसमा सेनिटाइजर भए नभएको प्रहरीले चेक गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रमिला श्रेष्ठले भने आज सवारी साधन बढी नै चाप भएको कारण केही चेकजाँचमा केही खुकुलो गरेको बताउनुभयो ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।
धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको छ ।।