सहिदभुमि गााउपालिकाको (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रण सम्बन्धि बिज्ञप्ति जारी |

681

बैसाख १४ धनकुटा सहिदभुमि गााउपालिका धनकुटाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रणका लागि विभिन्न निर्णय गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गाँउपालिको कोभिड संकट व्यवस्थापनका लागि बसेको बैठकले गरेको निर्णय बमोजिमका स्वास्थ्य मापदण्ड पालना गर्न आज एक प्रेस विज्ञप्ति जारी गरी आम नागरिकलाई आग्रह गरिएको हो ।

गाँउपालिकाका प्रशासकिय प्रमुख राजकुमार शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा सहिदभुमि गाँउपालिका क्षेत्रका सम्पूर्ण संघ संस्था, बैंक तथा वित्तिय संस्था एवम् स्थानीयबासीले अनिवार्य स्वास्थ्य सूरक्षा अपनाउनु पर्ने, कार्यलयका सबै कर्मचारी तथा सेवाग्राहीले कार्यलयमा अनिवार्य मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने ,सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने र नेपाल सरकारको सिसिएमसी निर्देशन समितीको मिति २०७८ बैसाख १२ गतेको विज्ञप्ति अनुसार अर्को आदेश नभए सम्मका लागि पूर्व निर्धारित विद्यालयका परिक्षाहरु स्थगित गर्नुपर्ने उल्लेख छ ।

Previous articleफेरी ६.४ म्याग्नेच्युडको भूकम्पको धक्का |
Next articleभारतमा एकै दिन तीन हजार सङ्क्रमितको ज्यान गयो

Leave a Reply