निषेधाज्ञाबारे थप आदेश जारी (आदेशसहित)

406

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको सम्बन्धमा थप आदेश जारी गरेको छ । सोमबार आदेश जारी गर्दा छुटेको विषयलाई मंगलबार थप गरेर आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका थप आदेशमा खाद्य सामाग्रीका डिपार्टमेन्ट स्टोर बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्नुपर्ने छ । यसअघि डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको थियो । उक्त निर्णय सच्चाइएको पराजुलीले जानकारी दिनुभयो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरुले प्रयोग गर्ने नीजि नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ ।

विवाह तथा ब्रतबन्धका लागि दुलाहा, दुलहीसहित १५ जनासम्मलाई २ वटासम्म सवारी साधन प्रयोग गरी जिल्ला भित्र वा जिल्ला बाहिर जान अनुमति नचाहिने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको सिफारि चाहिने बताइएको छ ।

विवाह, ब्रतवन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्किनुपर्दा बढीमा ७ जनासम्मका लागि स्थानिय तहको सिफरिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन दिनुपर्नेछ ।

आदेशमा मृत्युसंस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गनुपर्ने उल्लेख गरिएको छ ।

Previous articleकाठमाडौं केन्द्रविन्दु भएर भूकम्प
Next article१३ जिल्लामा लकडाउन

Leave a Reply