नेपालगञ्जमा आज (बुधबार) मध्यरातिबाट लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी विज्ञप्तिमा वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने जनाइएको छ ।
उहाँले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको उल्लेख गर्नुभएको छ ।लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ ।