नेपालमा कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिँदै, एकैदिन ९ सय संक्रमित थपिए

 नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिएको छ ।शुक्रबार एकैदिन चार महिना यताकै सबैभन्दा बढी नौ सय जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ३७ जनामा गरिएको पीसीआर परीक्षणबाट ८ सय ३६ तथा ६ सय २१ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण देखिएको हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै ३४८ जना हुन् ।जसमा काठमाडौंका २८६, ललितपुरका ४३ र भक्तपुरका १९ जना रहेका छन् ।त्यस्तै बाँकेका १३३, कास्कीका ४६, रुपन्देहीका ४३ र कैलालीका ३९ जना थपिएका छन् ।थपिएकामा ९ वर्षभित्रका १५, १० देखि १९ वर्षका ६६, २० देखि २९ वर्षका २ सय ५, ३० देखि ३९ वर्षका १ सय ९३ तथा ४० देखि ४९ वर्षका एक सय ६७ जना संक्रमित भएका छन् ।योसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ ।शुक्रबार ४ जना थपिएसँगै मृतकको संख्या ३ हजार ७० पुगेको छ ।२०८ जनामात्र संक्रमणमुक्त भएका छन् ।