
पछिल्लो केही वर्षयता इन्स्ट्यान्ट म्यासेजिङ एपहरु निकै लोकप्रिय बनेका छन् । म्यासेन्जर, टेलिग्राम, ह्वाट्सएप जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एपमा इण्ड-टु-इण्ड इन्क्रिप्सन हुन्छ, जसले च्याटलाई सुरक्षा प्रदान गर्छ ।
फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सेक्रेट कन्भर्सेसन फिचर ल्याएको छ । यसमार्फत कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ ।
म्यासेज स्वतः डिलिट हुने यस किसिमको फिचर टेलिग्राममा यसअघि नै आइसकेको थियो ।
तर तपाईंले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न सक्नुहुँदैन । सेक्रेट कन्भर्सेसन भित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् ।
यस किसिमको मेटिने म्यासेज पठाउन तपाईंले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनु पर्नेछ ।
१. सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर त्यहाँबाट म्यासेन्जर एपलाई अपडेट गर्नुहोस् वा एप अटाे अपडेटमा राख्नुहाेस् ।
२. अब च्याट गर्ने साथीकाे नाम सर्च गरेर च्याटबक्समा जानुहाेस् ।
३. स्मार्टफाेनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेकाे अप्सनमा क्लिक गर्नुहाेस् र ‘गाे टु सेक्रेट कन्भर्सेसन’ अप्सनलाई चयन गर्नुहोस् ।
४. एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् ।
५. टाइप गर्ने ठाउँमा ‘टाइमर’ सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट हटाेस् भन्ने चाहनुहुन्छ, त्याे सेट गर्नुहाेस् ।
६. अब तपाईंले सेट गरेको समयभित्र जुनसुकै म्यासेज पनि हराएर गएको पाउनुहुनेछ ।