मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

214

काठमाडौं,२ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

Previous articleएमालेको २ महिने मिसन ग्रासरूट अभियान पाख्रीबास नगर कमिटीको आयोजनामा समापन ,
Next articleसत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

Leave a Reply