संघीय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन ऐनको ब्यवस्थाअनुसार आगामी कार्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाई बिज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वदेशी बजार र टेलिभिजन च्यानलहरुलाइ प्रवर्द्धन गर्न ऐनले तोकेको समय सीमामा सो ऐनको ब्यवस्था लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।यसैगरी ऐनको प्रावधानअनुसार गठन गरिनुपर्ने विज्ञापन बोर्ड समेत यथाशक्य छिटो गठनका लागि समितिले निर्देश गरेको छ । सो अवसरमा समितिको अध्यक्षता गरिरहनुभएकी समिति सभापति कल्याणि कुमारी खड्काले ऐनहरु बनेपनि कार्यान्वयनमा नआउने परिस्थिति हटाउनु पर्ने धारणा राख्नुभयो ।
सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड-१९ का कारण बिज्ञापन बोर्ड गठनमा ढिलाइ भएको उल्लेख गर्दै निर्धारित समयभित्र बिदेशी च्यानलहरुलाइ बिज्ञापनरहित बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।सो अवसरमा समिति सदस्यहरुले ऐन बनेको लामो समयदेखि लागु हुन नसकेकोप्रति असन्तुष्टी प्रकट गर्दै सो ऐन छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।।अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वदेशी बजार र टेलिभिजन च्यानलहरुलाइ प्रवर्द्धन गर्न ऐनले तोकेको समय सीमामा सो ऐनको ब्यवस्था लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
यसैगरी ऐनको प्रावधानअनुसार गठन गरिनुपर्ने विज्ञापन बोर्ड समेत यथाशक्य छिटो गठनका लागि समितिले निर्देश गरेको छ । सो अवसरमा समितिको अध्यक्षता गरिरहनुभएकी समिति सभापति कल्याणि कुमारी खड्काले ऐनहरु बनेपनि कार्यान्वयनमा नआउने परिस्थिति हटाउनु पर्ने धारणा राख्नुभयो ।
सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड-१९ का कारण बिज्ञापन बोर्ड गठनमा ढिलाइ भएको उल्लेख गर्दै निर्धारित समयभित्र बिदेशी च्यानलहरुलाइ बिज्ञापनरहित बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।सो अवसरमा समिति सदस्यहरुले ऐन बनेको लामो समयदेखि लागु हुन नसकेकोप्रति असन्तुष्टी प्रकट गर्दै सो ऐन छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।।