नेपालमा पहिलो पटक सांसदलाई कोरोना पुष्टि, आइसोलेसनमा राखियो

काठमाडौं । नेपालमा पनि अब विशिष्ट ब्यक्ति र राजनीतिक दलका नेतामा कोरोना देखिन थालेको छ । नेपालमा पहिलोपटक एक सांसदमा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिएका छन् । सांसदको नाम सार्वजनिक गरिएको छैन । कोराना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ ।

यसअघि स्थानीय तहका जनप्रतिनिधिहरुमा पनि कोरोना पुष्टि भएको थियो । नेपालमा सांसदलाई नै कोरोना पुष्टि भएको यो पहिलो पटक हो । ती सांसदलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य सांसद तथा व्यक्तिहरूको ट्रेसिङ कार्य भइरहेको ती मन्त्रीले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले संक्रमित सांसद स्वाथ्यकर्मीको सम्पर्कमा पुगिसकेका छन् । उनीसंग सम्पर्कमा रहेका अन्यको पनि कोरोना परिक्षण गरिन लागेको छ ।संक्रमित सांसदलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा घरमै सेल्फ आइसोलेसनमा राखिएको जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा। तिवारीले जानकारी दिए ।