अब देखि म्यानपावर कम्पनीले विदेश जाने कोहि कसैको पनि राहदानी लामो समय सम्म होल्डमा राखे कम्पनीले निकै घाटा बेहोर्नुको साथै सजाय पनि भोग्नु पर्ने नियम लागु गराएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकले राहदानीसम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयकले उक्त नीयम पारित गरेको हो, नयाँ व्यबस्था लागु भएसंगै अब वैदेशिक रोजगारीमा पठाउने नाममा कामदारको राहदानी लामो समय ‘होल्ड’ गरिरहने तर काम नगर्ने म्यानपावर कम्पनीलाई पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म जेल सजाय हुने भएको हो ।
हालसम्म ५६ लाख राहदानी जारी भएको जानकारी दिँदै गृहमन्त्री मन्त्री राम बहादुर थापाले राहदानीलाई समयसापेक्ष परिवर्तन गर्न नयाँ विधेयक आएको बताए । राहदानी बनाउन विभागमा निवेदनसहित पेस गरिएको निजी विवरणको कागजपत्रसमेत अब विभागले १२ वर्षसम्म अभिलेख राख्ने भएको छ ।
राहदानी जारी भएको मितिले १२ वर्षपछि मात्रै नष्ट गर्न सकिने विधेयकमा व्यवस्था छ । यस्ता व्यक्तिगत विवरण प्रशोधन गरी कम्प्युटराइज्डसमेत गरिने भएको छ ।
यो विधेयक पारित भएसंगै म्यानपावर व्यबसायीले अब कामदारको अनुमति बिना राहदानी राख्न पाउने छैनन् ।