हामी नेपाली ग्लोबल संस्थाबाट हावाहुरी पिडितलाई राहत वितरण

काठमाण्डौं  – हामी नेपाली ग्लोबल संस्थाले बाराका हावाहुरी पिडितलाई राहत वितरण गरेको छ ।

हामी नेपाली ग्लोबलको आर्थिक सहयोग तथा हामी नेपाली नेपाल च्याप्टरको संयोजनमा पिडित परिवारलाई राहत सामाग्री वाडिएको हो । संस्थाले बारा सुवर्ण गाउँपालिका वडा १, बगही र चरमोहना गाउँका १ सय ५ जना हावाहुरी पिडीतहरु राहत सामाग्री उपलव्ध गराएको हो ।

हामी नेपाली नेपाल च्याम्टरको संस्थाका महासचीव मनोजकुमार आचार्य, सचीव मनिष चौधरी लगाएतको टोली बारा पुगी स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा बहगी गाउँमा राहत वितरण गरेका हुन । प्रत्येक पिडित परिवारलाई १ थान त्रिपाल र १ थान झुल राहत स्वरुप सहायता उपलव्ध गराएको हो ।

सांसद रामशहाय यादव, प्रदेश नम्बर—२ का प्रदेशसभा सदस्य बच्चाप्रसाद यादव, वडा नम्बर—१ का वडा अध्यक्ष हरिचन्द्र सिंहले विपदको घडीमा हावाहुरी पिडीत जनताको आवश्यकतालाई बुझी राहत सामग्री उपलव्ध गराएकोमा हामी नेपाली ग्लोबल संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।