लागुऔषध सहित एक बालक पक्राउ

काठमाडौं– रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ बेलहिया बसपार्कमा प्रहरीले चेकजांच गर्ने क्रममा चितवन जिल्ला राप्ती नगरपालिका वडा नं–५ भण्डारा बस्ने १२ बर्षिय एक बालकले भारत सुनौलीबाट खरिद गरी आफ्नो शरिरको अगाडि र पछाडि टेपले बांधी लुकाई छिपाई ल्याउंदै गरेको अवस्थामा डाइजेपाम–६४, नुफिन–६४ र फेनारगन–६४ एम्पुल लगायतका लागु औषध सहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीले पक्राउ गरिएको छ । उक्त बालकको नाम प्रहरीले खुलाएको छैन् ।

उक्त लागु औषध भारतमा भा रु १५,०००मा खरिद गरी चितवनमा बिक्री प्रयोजनको लागि लैजादै गरिएको थियो । चितवनमा उक्त लागूपर्दाथ ६५–७५ हजार सम्ममा बिक्री हुने गरेको प्रहरीले बताएको छ । निजलाई लागु औषध सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले बताएको छ ।