विप्लपको पक्षमा बोलेका र सरकारको आलोचना गरेको २ पूर्वसहायक रथी कारबाहीमा

काठमाडौं । २ पूर्वसहायक रथीलाई कारबाही गरिएको छ । सरकारले सेना परिचालन सम्बन्धी प्रस्तावित गरेको विधेयक प्रावधान गलत रहेको भनी उनीहरुले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सेना परिचालन विधेयकको विषयलाई लिएर सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा रक्षामन्त्रालयको आदेश अनुुसार सैनिक मुख्यालयले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई पत्र पठाइ सचेत गराइएको छ ।

बानियाँले एक अन्तरवार्तामा भनेका छन्, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’ भने बस्न्यातले विप्लप समूहको समर्थनमा बोलेका छन् । उनले विप्लपको समर्थन जनाउँदै के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ र भनी प्रश्न गरेका छन् । अहिले यो विषयलाई लिएर अन्य टिका टिप्प्णीसमेत हुन थालेको छ ।