काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्ती महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। महाधिवेशनबाट लोकदोहोरी गायक पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, सांगठनिक उपाध्यक्षमा राजु ढकाल र प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा देवी घर्ती निर्वाचित हुँदा खुला उपाध्यक्षमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा र रविन लामिछाने निर्वाचित भएका छन्।
त्यसैगरी, महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन्। सांगठनिक उपमहासचिवमा पीएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल तथा कोषाध्यक्षमा जुना श्रीष मगर निर्वाचित भएका छन्।
महिला सचिवमा सम्झना लामिछाने मगर निर्वाचित भएकी छन्। भूगोलतर्फ बागमती प्रदेश सचिवमा उषा सुवेदी, मधेश प्रदेश सचिवमा कृष्णप्रसाद गौतम, सुदूरपश्चिम प्रदेश सचिवमा नवीन सिंह धामी, गण्डकी प्रदेश सचिवमा प्रकाश भट्ट, लुम्बिनी प्रदेश सचिवमा प्रेम शर्मा, कोशी प्रदेश सचिवमा विष्णु घिमिरे तथा कर्णाली प्रदेश सचिवमा राजकुमार खत्री निर्वाचित भएका छन्। यस्तै, उपत्यका सचिवमा सुजन लम्साल र विदेश सचिवमा सूर्य खड्का निर्वाचित भएका छन्।
सांगठनिक सहसचिवमा कुमार राना मगर, प्रशासनिक सहसचिवमा तिलक परियार र विदेश सहसचिवमा रेशम निर्दोष निर्विरोध निर्वाचित भएका छन्। महिला सहसचिवमा मनमाया वाइबा निर्वाचित भएकी छन्। खुला सहकोषाध्यक्षमा कुमार पुन मगर र सम्झना भण्डारी निर्विरोध निर्वाचित हुँदा महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ निर्वाचित भएकी छन्।
३३ सदस्यीय कार्यसमितिमा को-को निर्वाचित भए?
महाधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय कार्यसमिति सदस्यमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाईं, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कविता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार र शान्तारानी परियार निर्वाचित भएका छन्।
त्यस्तै, प्रदेश तथा अन्य क्षेत्रको प्रतिनिधित्व गर्दै ईश्वरीप्रसाद पन्त (मधेश), तुलसी क्षेत्री (गण्डकी), दिपु मगर (लुम्बिनी), बालकुमार श्रेष्ठ (कोशी), बासुदेव सिंखडा (बागमती), लालबहादुर धामी (सुदूरपश्चिम), हरिमाया कार्की (कर्णाली), अर्जुन थापामगर (उपत्यका), विजय केसी (विदेश) र महेन्द्र न्यौपाने पनि सदस्यमा निर्वाचित भएका छन्। तीमध्ये विभिन्न पद तथा क्षेत्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने केही मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन्।
ई-भोटिङमार्फत मतदान
प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनमा डिजिटल मतदान प्रणाली अर्थात् ई-भोटिङमार्फत मतदान गरिएको थियो। प्रविधिको प्रयोग गर्दै सम्पन्न निर्वाचनले प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
अध्यक्षमा निर्वाचित भएपछि पशुपति शर्माले आफूलाई विश्वास गरी समर्थन गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा प्रतिष्ठानलाई अझ व्यापक, व्यवस्थित र परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
साथै, लोक तथा दोहोरी कलाकारले आफ्नो कला र श्रममार्फत सम्मानजनक रूपमा जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्न पहल गर्ने उनले बताएका छन्। नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका लागि प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ।