
काठमाडौँ , असार १६ – राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय सुन्धारा समितिको १२ औँ रोपाइँ दिवस दहि चिउरा एवम् बृहत साँस्कृतिक कार्यक्रमको साथ भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान का उपकुलपति वरिष्ठ गायक तथा संगीतकार शम्भु राई प्रमुख अथितिको रुपमा रहेको थियो भने विशिष्ट अतिथिको रूपमा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर ,पुर्व अध्यक्ष द्वय दुर्गा रायमाझी , चन्द्र शर्मा , बद्रि पंगेनी , केन्द्रीय उपाध्यक्षहरु पशुपति शर्मा , दीपक क्षेत्रि लगाएत रहेको थियो
प्रमुख अतिथि राई द्वारा धान रोपेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । यसरी सब्य र भब्य तरीकाले आफ्नो सस्कृति र परम्परालाई जोगाउन सबैको महत्वपूर्ण भूमिका रहेको अधक्ष राई ले बताउनु भयो ।
कार्यक्रम आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय सुन्धारा समिति अध्यक्ष चेतन गोतामे द्वारा धान दिवसको सुभकामना दिदै यस्तो खालको कार्यक्रमहरु सबैले गर्नु पर्ने , एक दिन भएनी अहिलेका बालबालिका हरुलाई यस्तो खालको क्रयक्रम गरेर आफुले खाने गरेको खाना कसरी फलौछ भन्ने कुरा देखाउनु पर्ने बताउनु भयो साथै सबैलाई धन्यवाद समेत ज्ञापन गर्नु भयो ।
कार्यक्रममा साना साना बालबालिका देखि स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सस्था द्वारा भिन्न क्षेत्रमा आफ्नो योगदान दिनुहुने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।