बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण आजवाट धनकुटाकाे हिलेमा सुरु

धनकुटा चैत २३
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण आजवाट धनकुटाकाे हिलेमा सुरु भएको छ । प्रतियोगीता धनकुटाको हिले स्थीत हिले खेल मैदानमा सुरु भएको हो । प्रतियोगि अन्तरगत आज भएको खेलमा संखुवासभा र धरान बिजयी भएका छन् । धरानले तेह्थुमलाई पेनाल्टी सुट आउटमा  ४–३ गाल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रबेस गरेको हो । निर्धारीत समयमा एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो । त्यस्तै आयोजक धनकुटालाई पेनाल्टी सुट आउटमा ८–७ गोल अन्तरले पराजित गर्दै  संखुवासभा सेमिफाईनल प्रबेश गरेको हो । प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा ईलाम, संखुवासभा, तेह्थुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेता टोलिले उपाधि सहित एक लाख रुपैया हात पार्ने छ । त्यस्तै उपबिजेता टोलीले ५० रुपैया हात पार्ने क्लवका सचिब अर्जुन शाहिले जानकारी दिनुभयो ।
प्रतियोगिता उद्घाटन  कार्यक्रम हिले फुटबल क्लबका अध्यक्ष राजु याेञ्जनकाे अध्यक्षतामा सञ्चालन भएको थियोे । कार्यक्रममा काेशी प्रदेश पुर्व राज्य मन्त्री निरन राई विशिष्ट अतिथि रहनु भएको थियोे । कार्यक्रमकाे विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटा प्रमुख निरेन तामाङ , धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ , वडाअध्यक्ष ओङद तामाङ , सराेज राई , उघाेग वाणिज्य संघ धनकुटा अध्यक्ष विजय सन्तोषी राई , वरिष्ठ उपाध्यक्ष तारा तितुङ, हिलेबजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा रहनु भएको थियोे । कार्यक्रममा विभिन्न खेलकुद क्लब तथा समुहका अध्यक्ष, प्रतिनिधि , विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि , विभिन्न सामाजिक व्यक्तित्व , सुरक्षा कर्मि , पत्रकार विभिन्न व्यवसाय जन्य संस्था प्रमुख प्रतिनिधिकाे उपस्थिति थियोे । खेल  २६ गते सम्म सञ्चालन हुने छ । हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता संञ्चालन हुदै आएको छ ।