श्री शुलभ बचत तथा ऋण सहकारी संस्था लिकाे २० ओै वार्षिक साधारणसभा सम्पन्न,

धनकुटा मंसिर १६

धनकुटाकाे छथरजाेरपाटि गाउपालिका वडा नं ६ सिधुवामा रहेको श्री शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २० ओै वार्षिक साधारणसभा सम्पन्न ।

साधारणसभामा सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङले सहकारीको प्रगति विवरण प्रस्तुत गर्दै सहकारीले २२.२८ % प्रतिशत खुद नाफा कमाउन सफल भएको जानकारी गराउनु भएको थियोे । अध्यक्ष गुरुङले तेस्तै गरि २०८०/८१काे रननितीक वार्षिक कार्ययोजना सभामा पेश गर्नु भएको थियोे ।

त्यस्तै गरि सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ बहादुर पाैडेललेले सहकारीको आर्थिक वर्ष २०७९/८० काे शेयर पूजी २ कराेड ३२ लाख १ हजार ८ सय , काेष हिसाब २ कराेड ८१ लाख ४३ हजार ४ सय ५८ रुपैया ९५ पैसा , कुल निक्षेप ६ कराेड ९३ लाख ७१ हजार ६ सय ११ रुपैया ६१ पैसा , माैज्दात रकम १ करोड ९८ लाख ७ हजार ३ सय ९२ बेैनवे ३ पैसा, ऋण लगानी १ करोड ५३ लाख २९ हजार ४ सय ९८ अन्ठानब्बे ६६ पैसा र खुद नाफा ५९ लाख ६७ हजार ८ सय ६६ छैसठ्ठी रुपैया ९ पैसा रहेको उल्लेख गर्नु भयो । यस्तै गरि सहकारीले २० ओै वार्षिक साधारणसभाकाे अवसरमा ७५ वर्ष नाघेका ५ जना जेष्ठ सदस्यहरुलाइ जनही तिनतिन हजार प्रदान गरेर सम्मान गरेको थियोे । सम्मानित हुने जेष्ठ सदस्यहरुमा ईन्द्रकुमारी श्रेष्ठ ,फुलमाया श्रेष्ठ ,बल बहादुर खड्का , प्रेमप्रसाद ढकाल र दिगु सेपा रहेकाछन् । साेहि अवसरमा असल काराेवार वेन कुमारी श्रेष्ठ ,सूर्य प्रसाद धिताल , उत्कृष्ट बचतकर्ता चित्र बहादुर बानियाँ , टंकमाया मगर ,अधिक सेयर धनी दिवस पाैडेल ,भिमकला श्रेष्ठ , उत्कृष्ट बालबचत कर्ता असल श्रेष्ठ , आयुस्मा विष्ट र उत्कृष्ट दैनिक बचतकर्ता सुन्दरमान डंगोल र लक्ष्मी माया गुरुङलाई करुवा खदा अविरले सम्मान गरिएको थियोे । यस्तै सहकारीले सरस्वती मावि , जनता मावि र सिहंदेवी माविका विघार्थिहरुले पाेसाक तथा स्टेसनरी सामाग्री प्रदान गरेका थिए ।

यस्तै सहकारीकाे व्यवस्थापक नीरा अधिकारीदाइ पनि सहकारीको व्यवस्थापन पक्षमा राम्रो काम गरेको प्रसंसा गर्दै सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियोे सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी , छथरजाेरपाटी गाउपालिकाकाे विशेष अतिथि गिता खेवा , महालक्ष्मी नगरपालिकाकाे निवर्तमान मेयर पर्सुराम नेपाल , छथरजाेरपटि गाउपालिका वडा नं ६ का वडा अध्यक्ष दिपक गुरुङ, राष्ट्रिय सहकारी बैंकका प्रमुख सुमन श्रेष्ठ , सगरमाथा वाेर्डिङ स्कुलका सहप्राधानाध्यापक दिवस खड्काले शुभकामना मन्तव्य राख्दै सहकारीलाई धनकुटा जिल्लामै उत्कृष्ट र व्यवस्थि रहेको भन्दै आगामी दिनमा अझै प्रगति तथा उन्नतिकाे शुभकामना दिनुभएको थियोे । सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न समाजिक संघ संस्थाका समाजिक व्यक्तित्वहरु लगायत सेयर सदस्यहरुकाे उपस्थिति थियोे ।