शारीरिक रुपमा अशक्त करुणा राईले नागरिक्ता पाए ,

धनकुटा मंसिर १० ,

जिल्ला प्रशासन कार्यलय धनकुटा बाट आज  सहिदभुमि ४ नम्बर वडाका शारीरिक रुपमा अशक्त करुणा राईले नागरित्ता प्राप्त गरेको छ । सहिदभुमि गाउँपालिकामा सञ्चालित न्यायमा पहुच कार्यक्रम अन्तरगत  वडा नं ४ का  १८ वर्षिय  शारिरिक अपाङ्गता भएकि करुणा राईले  जिल्ला  प्रशासन कार्यलय धनकुटा बाट आईतवार नगरिक्ता प्राप्त गरेकाे हाे  । राईलाई नागरिक्ता दिलाउन वडा अध्यक्षले जिल्ला प्रशासन कार्यलय  धनकुटा  सम्म ल्याउन सहयोग गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयो । उक्त न्यायमा पहुँच कार्यक्रमले गाउँपालिकामा कानुनी घुम्ती शिविर तथा कानुनका विषयमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै असाह्य गरिब अन्यायमा परेकाकाे पहिचान गरि उद्वार तथा न्याय दिलाउने कार्य भईरहेकाे कार्यकारी निर्देशक  सुवेदीले बताउनु भयो  । याे  न्यायमा पहुच कार्यक्रम  युएनडिपि ,पर्डेप नेपाल सहिदभुमिगाउपालिकाकाे सहकार्यमा सहिदभुमि गाउपालिकामा अहिले  सञ्चालन भईरहेकाे छ ।