रास्वपाका नयाँ संसद विन्दबासिनी कंसाकार को हुन् ?

काठमाडौँ ३० चैत । हेटौँडाकी विन्दबासिनी कंसाकार पेशाले बैंकर हुन्। कुमारी बैंकमा कार्यरत कंसाकार तेजाब आक्रमण पीडित पनि हुन्। विसं २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन्। भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण ‍गरेका थिए ।

कंसाकार अब भने सांसद् बन्ने भएकी छन्। समानुपातिकतर्फ जनजाति महिलाको सूचीमा रहेकी उनी यसअघि अटाएकी थिइनन्। समानुपातिकको बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका मेघबहादुर आलेले थिए। तर रास्वपाले भने विन्दबासिनीलाई नै सांसद् बनाउने निर्णय गरेको हो।