सहिद बेनाेज अधिकारकाे स्मृति कार्यक्रम सम्पन्न

काठमाडौँ,२४ फागुन । ने.क.पा ( क्रान्तिकारी माओवादी) र नेकपा बहुमत निकट दुइ संगठन अखिल(क्रान्तिकारी)ले संयुक्त रुपमा अखिल(क्रान्तिकारी)का तत्कालिन उपाध्यक्ष सहिद बेनाेज अधिकारकाे स्मृति कार्यक्रम अखिल(क्रान्तिकारी)काे केन्द्रिय कार्यलय बागवजारमा सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले महान शहिदहरु प्रति प्रतिवद्धता जाहेर गर्नु पर्ने बताउनुभयाे । २०५८ साल फाल्गुन २२ गते सहिद क.बेनाेज अधिकारलाइ विराटनगर जेलमा कैद गरि बरवर अत्याचार अमानवीय तरिकाले कुट पिट्ट गरि फाल्गुन २४ गते तत्कालीन शाही नेपाली सेनाले हत्या गरेकाे थियाे। दिलबहादुर रम्तेल देखि प्रज्वल शाही सम्म आइ पुग्दाको वलिदानलाइ अलिले अखिल(क्रान्तिकारी)का नेता कार्यकर्ताले उनीहरुको सपनालाइ साकार बनाउन लाग्नु पर्ने , जनयुद्धका महान शहिद, घाइते,अापाङ्,शहिद परिवारकाे सपना पुरा गर्नु पर्ने बताउनु भयो ।

तत्कालिक माओवादीले संचालन गरेकाे जनयुद्धलाइ अहिले के.पि ओली ले जनयुद्ध हिन्सा हाे भन्न उचित नहुने बताउदै अासन्न निर्वाचन हुन नदिन चलखेल गर्न थालेकाे बताउनस भयाे ।

यस्तै अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले संगठन का तत्कालिन उपाध्यक्ष महान शहिद बेनाेज अधिकारकाे संक्षिप्त जीवनि बताउदै तत्कालिन अबस्थामा संगठनकाे तर्फ बाट उच्च काेटाकाे बलिदान हाम्राे गाैरवशाली संगठन अखिल(क्रान्तिकारी)ले देश,जनताकाे परिवर्तनकाे लागि बलिदानकाे काेटा चुक्ता गरेकाे बताउनुभयाे ।

नेकपा बहुमत निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विरेन्द्र शाहले महान शहिदहरुकाे रगतले निर्मित इतिहासले थप उर्जा दिदै अाएकाे र अावश्यकता पर्दा फेरिपनि त्याग परिवर्तनका लागि जीवन अर्पण गर्दा बलिदानकाे काेटा चुक्ता गर्न भाग्न नहुने बताउनु भयाे ।

कार्यक्रममा महासचिव पेशल दाहाल, सचिव राम बहादुर तिरुवा लगायत बिभिन्न क्याम्पसका विधार्थी नेताहरुकाे उपस्थितमा महान सहिदहरुले देखेका सपना साकार बनाउनका निम्ति एकपटक संघर्षमा उत्रिदै जनताकाे व्यवस्था ल्याउने प्रतिबद्घता जाहेर गर्दै महान सहिद अखिल(क्रान्तिकारी)का तत्कालिन उपाध्यक्ष बेनाेज अधिकारीलाइ स्मरण गरेकाे जानकरी अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष शिलु न्याैपानेले जानकारी गराउनु भयाे ।