भाषा आयोगका सदस्यलाई सेवा-सुविधा उपलब्ध गराउन सांसद तामाङको माग

काठमाडौं, ३ फागुन । भाषा आयोगका सदस्यलाई सेवा-सुविधा उपलब्ध गराउन सांसद हितबहादुर तामाङले माग गरेको छ | भाषा आयोगका ५ जना सदस्यले नियुक्ति पत्रमा तोकिएको सेवा सुविधा नपाएको भन्दै संघीय संसद्‌मा तामाङ ले आवाज उठाएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले गत असार २१ गते नियुक्त भएका पाँच आयुक्तले सेवा सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपालको संविधानको धारा २८७ मा भाषा आयोग सम्बन्धी व्यवस्थाअनुसार नेपाल सरकारले २०७९ असार २१ गते पाँच जना भाषा आयुक्तहरु नियुक्त गरेको थियो । पाँच जना आयुक्तहरु अमृत योञ्जन तामाङ, मातृकाप्रसाद पोखरेल, कृष्णप्रासद न्यौपाने, गोपालजीप्रसाद सर्राफ, डा. अमर गिरीले नियुक्ति पत्रमा उल्लेख भएअनुसार पाउने भनिएको सेवा सुविधा अहिले सम्मा उपलब्ध गराएको छैन |