काठमाडौँ,२ फागुन | गिरफ्तार गरिएका यातायात मजदुरहरुको रिहा तथा घाइते मजदुरहरुको उपचार खर्चको जिम्मा सरकारले लिनुपर्ने अखिल नेपाल (क्रान्तिकारी) यातायात मजदूर संघले माग गरेको छ |
साथै अन्य मजदुर संगठनहरु आफ्नो एजेन्डा बिर्सेर गिरफ्तार गरिएका मजदुरहरुको रिहाई गर्नुको सट्टा सरकार संग घुडा टिक्न सिहदरबारमा पुगेको आरोप लगाउनु भयो |
ट्राफिक प्रहरीको ज्याजतिको कारण यातायात मजदूरहरु चरम मारमा परिरहेको , जसकारण नेपाल सरकार र सम्बन्धित निकाय एवं सरोकारवाला पक्षहरुलाई यातायात मजदूहरुको हक हित एवं सुरक्षाप्रति गम्भीर बनी यातायात मजदूरहरुले उठाएका जायज मागहरुलाई यथाशीघ्र सम्बोधन गरी कार्यान्वयनको निम्ति समेत बिज्ञप्तिमा माग गरेको छ |
