प्रधानमन्त्री प्रचण्डको पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

काठमाडौं,२१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थ घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले, वाणिज्य तथा आपूर्ति सचिवलाई आज आफ्नै कार्यकक्षमा बोलाएर मूल्य घटाउन निर्देशन दिएका हुन्।

वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेको भन्दै प्रचण्डले मुल्य घटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल आयल निगमलाई अहिले खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ ।