सुनसरी,९ पुस |अखिल(क्रान्तिकारी) द्वारा सुनसरीमा भेला सम्पन्न गरेको छ | अखिल(क्रान्तिकारी) १ नम्वर प्रदेश संयाेजन समिति भेला विष्णु थापाकाे अध्यक्षतामा सुनसरीकाे इटहरीमा बसेको हो ।
यस्तै अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष तथा प्रदेश भेला कार्यक्रमका प्रमुख अतिथि हरि कृष्ण गजुरेलले अखिल(क्रान्तिकारी) लाई संघर्स,संगठन र विधार्थीहरुका तमाम समस्यलाइ हल गरेर अखिल(क्रान्तिकारी) लाइ सडक बाघकाे रुपमा स्थापित गराउन सबै नेता कार्यकर्ताहरु गम्भिर भएर लाग्नु पर्ने बताउनु भयाे।
यसै गरी भेलामा विधार्थी नेतृ अमृता राइले शुभकामना मन्तव्य राख्नु भएको थियो भने , अखिल(क्रान्तिकारी)का महासचिव पेशल दाहालले मन्तव्यकाे क्रममा विधार्थीहरु प्रविधिक,जनबादी शिक्षा संगठित हुनु पर्ने बताउनु भयो । साथै अखिल(क्रान्तिकारी) कि उपाध्यक्ष शिलु न्याैपानेले शिक्षामा भएकाे माफियाकरण,व्यावसायकरण र नीजिकरणकाे अन्त्यको लागि विधार्थीहरु संगठित भएर प्रत्येक स्कुल र क्याम्पसहरुमा अखिल(क्रान्तिकारी)काे लाल किल्ला बनाएर अघि बढ्नु पर्ने बताउनु भयाे। यस्तै गरी ने.क.पा (क्रान्तिकारी माअाेवादी) १ नम्बर प्रदेश सेक्रेटरी सिताराम बुढाथाेकीले विधार्थीहरुकाे संगठन र संधर्ष संचालनलाइ पार्टी १ नं. प्रदेशले हमेसा साथ र सहयाेग प्रदान गर्ने बताउनु भयाे।
यस्तै गरि ने.क.पा (क्रान्तिकारी माअाेवादी)का सुनसरी इन्चार्जले अखिल(क्रान्तिकारी)का विधार्थीहरुलाई विभिन्न कुरामा अव्वल बन्नुपर्ने बताउदै प्रदेश संयाेजन समितिकाे नाम प्रस्तव गर्नु भयाे। अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल तथा कार्यक्रमका प्रमुख अतिथिले भेलामा उपस्थित विधार्थी नेताहरुलाइ अखिल(क्रान्तिकारी)काे विधान अनुसार सपथग्रहण गराउनु भयाे।
निर्वाचित भेला संयाेजन समितिका सदस्यहरु घाइते ,अपाङ्ग संघका प्रदेश संयाेजक सुजाता बनले विधार्थीहरु अनुशासित भएर संगठन निर्माण गर्नु पर्ने बताउदै शुभकामना दिनुभयाे। यस्तै झापा जिल्ला इन्चार्जले विद्यार्थीहरु ,विवेकवान र संघर्सशिल बन्नु पर्ने बताउदै शुभकामना दिनु भयाे।अखिल(क्रान्तिकारी) १ नं.प्रदेश भेला संयाेजन समिति निर्माण गर्दै १ महिना भित्र बृहत तरिकाले भेला सम्पन्न गर्ने अखिल(क्रान्तिकारी) कि उपाध्यक्ष शिलु न्याैपानेले बताउनु भयाे।
उक्त भेलामा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलकाे प्रमुख अातिथ्यता रहेकाे थियाे भने, अतिथिहरुमा ने.क.पा (क्रान्तिकारी माअाेवादी) का १ नं.प्रदेश सेक्रेटरी सिताराम बुढाथाेकि,अखिल(क्रान्तिकारी) उपाध्यक्ष शिलु न्याैपाने, महासचिव पेशल दाहाल, ने.क.पा (क्रान्तिकारी माअाेवादी)केन्द्रिय सदस्य डिल्लिराम बाेहरा,,बिमल निराैला लगायत नेताहरुकाे अातिथ्यता रहेको थियाे।