अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा ३ न. प्रदेशको सचिबालय तथा बिस्तारित बैठक सम्पन्न ।।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ती मोर्चा ३ न. प्रदेशको बिस्तारित बैठक सम्पन्न भएको छ ।

मोर्चाको केन्द्रिय अध्यक्ष, पार्टीको केन्द्रिय सदस्य तथा अखिल नेपाल आदिबासी जनजाति महासंघको महासचिव फुर्नाम्गेल मोक्तान, मोर्चाको महासचिब सुरेश तामाङ तथा कोषअध्यक्ष रंगबिर तामाङ्को बिशेष आथित्यमा ३ न. प्रदेशको अध्यक्ष प्रेम तामाङ्ग को अध्यक्षतमा पार्टीको केन्द्रिय कार्यालय कुपोंड़ोल ललितपुरमा बसेको हो ।

बैठकमा सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, ललितपुर, भक्तपुर र काठमाडौ जिल्लाको तर्फबाट आ-आफ्नो जिल्लाभरि संगठन गतिबिधिको बारेमा रिपोर्टिङ गरिएको थियो l तामाङ्गहरु एकअर्कमा पिछडिएको भन्ने तर बर्गीय मुक्तिको लागि आवाज उठाए पनि ब्यबहारिक रुपमा मुक्तिको निमित्त सक्रिय नहुने भन्दै अब आउने दिनहरुमा सिंगो तामाङ्गहरुलाई एकता गराई जातीय मुक्ति तथा बर्गीय मुक्तिको लागि संगठन निर्गमाण गरि राष्ट्रिय र राष्ट्रियताको लागि गोल्बद्दा गर्ने निर्णय गरिएको छ | त्यसको लागि प्रत्यक ताम्सालिंग क्षेत्रम संगठन तिब्र रुपमा अगाडी बढाउने छलफलका साथ् अघि बढ्ने भएको छ |

एतिहासिक कालखण्ड देखि तामाङ्ग सामूदायले धेरै क्षति बेहोर्नु परेको छ त्यसको लागि नोकारशाही पुजीपति दलाल सत्ताको हरेक निर्बाचनमा पार्टीको निर्देशनरुप  रहेर जातिय अधिकारको लागि आन्दोलनरत रही उत्पीडित जातिको अधिकार सुनिश्चित गर्न पार्टी र मोर्चाले दिएको ११ प्रदेश अन्तर्गत १२ ओटा तामसालिङ् जिल्लामा करिब २०० संगठन निर्माण तथा ३५०० को हाराहारीमा सदस्यता वितरण गर्ने अभियान अगाडी सारेको छ |

उक्त बैठक द्वारा,पार्टीले लिएको निधिअनरूव पश्मचिम तामसालिङमा संदेश तामाङ्ग, मध्य तामसालिङमा रबि तामाङ र पुर्वि तामसालिङ संगठन विस्तार तथा भेला संमेलन एवंम कार्य सन्चालन अभियान दलका संयोजक मा: धन तामाङ मनोनित गरिएको छ |