काठमाडौं २३ साउन । प्रेस सेन्टर नेपाल ललितपुर द्वारा चौथो महाधिवेशन बाट निर्वाचित केन्द्रिय पदधिकारी र केन्द्रिय सदस्यहरु लाई बधाई,सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विशेष अथितिको रुपमा माओवादी केन्द्र ललितपुरका इन्चार्ज शिव कट्टेल रहेको थियो भने प्रमुख अथितिको को रुपमा ऊर्जा मन्त्री पम्फा भुसाल रहेको थियो |

कार्यक्रममा नव निर्वाचित पदधिकारी हरुलाई सुभकामना तथा बधाई दिदै प्रमुख अथितिका रुपमा मन्त्री भुसालले भन्नु भयो जनयुद्धका समयमा “डोकोमा सामग्री बोकेर माइनस जिरो डिग्रीको तापक्रममा बसेर भएनी गणतन्त्र रेडियो संचालन गरी जनतालाई क्रान्ति बारे सूचना र सन्देश दिन सफल हुदा आफुलाई साचिकै क्रान्ति सफल भएको अनुभूति भएको बताउनु भयो | साथै प्रेस सेन्टर नेपाल ले पछिल्लो समय बढ्दै गएको भ्रामक सूचना र सन्देश हरुलाई चिर्नका लागि सेनाको जस्तै भूमिका खेलेको बताउनु भयो |