updated:काठमाडौँ १६ साउन | नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वमा रहेका विप्लव निकट अखिल(क्रान्तिकारी)का पूर्वाअञ्चल विश्वविद्यालय उपत्यका जिल्ला सचिव नमराज विकसहित केहि विद्यार्थी नेताहरू क्रान्तिकारी माओवादीको पार्टी तथा संगठनमा प्रवेश गरेका हुन।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले पार्टी र विद्यार्थी संगठनमा स्वागत गर्दै उनले भने छरिएर रहेका सबै क्रान्तिकारीहरू लाई पुर्नमिनलबाट एकताबद्ध गर्दै पार्टीलाइ थप बलियो बनाउदै अगाडी बढाउने दाहित्व हामी युवाहरूमा भएको उल्लेख बताउनु भयो।
विप्लव पार्टी परित्याग गरि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा पुर्नमिलन हुन पाउदा खुशी भएको विकले बताएका थिए। उनले भने अब यही संगठनमा रही देश र जनताको मुक्तिका लागि सधैं अग्रमोर्चामा काम गर्ने प्रतिबद्धता गर्दछौ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल,केन्द्रिय सदस्य नेत्र शाही,केन्द्रीय सदस्य तथा सिटीभिटीका संयाेजक नर बहादुर कुमाललगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।