मृत्युलाई आँखै अगाडि देखेर आएको हुँ : रवि लामिछाने |

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने बताएका छन् |

देशको भविष्य निर्धारण गर्न विधिको शासन जरुरि छ, त्यो बोधी मिच्न खोज्नेहरुले देशको भबिस्य खोज्न सकिदैन भन्दै देशमा रहेको प्रत्यक नेताहरुले गरेको गल्तिको हर हिसाब खोज्ने बेला आएको छ उनले बताए | आफूहरुले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको तर अहिले सयौं नागरिकले उपचार पाइरहेको समेत बताए ।

अहिले नेपालमा भरोसा गर्ने लायकको कुनै पनि नेता नरहेको जिकिर गर्दै यस्तो फोहोर राजनीति गर्नेहरुको लागि सफा गर्ने नेपालि राजनीतिमा आफुहरुको राष्ट्रिय स्वतन्त्र पार्टी आएको दाबि समेत गरे |